इयर इन्डियाको विमानमा एउटै विमानबाट भित्रिए विमानस्थलमा १२५ संक्रमित



एक विमानमा इटालीबाट आएका १७९ यात्रुमध्ये १२५ जनामा संक्रमण देखिएको छ । इटालीबाट पञ्जाबको अमृतसर अन्तर्राष्ट्रिय विमानस्थलमा आएको इयर इन्डियाका विमानमा यत्रो संख्यामा संक्रमण देखिएको भारतीय मिडियाले जानकारी दिएका छन् ।

भारतीय मिडियाका अनुसार कुनैपनि उडानमा यत्रो संख्यामा संक्रमण देखिएको यो पहिलो घटना हो । भारतीय समय अनुसार दिउँसो साढे ११ बजे विमान अवतरण भएको थियो ।

विमानमा रहेका १६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । १२५ जनाको रिपोर्ट पोजेटिभ आयो। विमानमा १७ जना बालबालिका थिए। बालबालिकाको परीक्षण गर्ने व्यवस्था नभएको विमानस्थलका अधिकारीले बताएका छन् ।

पोजेभिट देखिएका यात्रुहरुलाई स्वास्थ्य विभागका जिम्मा लगाई अमृतसागरमै आइसोलेसनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षणका साथै नमुनाको जिन सिक्वीन्सिङ समेत गर्ने तयारी गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्