संक्रमणबारे नेपालमा गरियो यस्तो डरलाग्दो आशंका



काठमाडौं- पछिल्लो दिनमा संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ। ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो।

यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोमबार २७१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा भाइरसको संक्रमणदर विस्तारै उकालो लागेको देखाउँछ । मंसिरको अन्तिम साता संक्रमणदर २ दशमलव ५६ रहेकामा पुसको पहिलो साता २ दशमलव ३०, पुसको दोस्रो साता २ दशमलव ६५ र पुसको तेस्रो साता २ दशमलव ८३ प्रतिशत पुगेको छ । क्रमशः संक्रमण बढ्नुको मुख्य कारण अफ्रिकाबाट सुरु भएको नयाँ भेरिएन्ट ओमिक्रोन हुनसक्ने विज्ञहरुको अनुमान छ ।

औपचारिक रुपमा नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पहिलो पटक २० मंसिरमा दुई जनामा .को नयाँ भेरिएन्ट अमिक्रोन संक्रमण भएको थियो । उनीहरु ३ मंसिरमा हवाइ मार्ग हुँदै नेपाल आएका थिए, तर ओमिक्रोन संक्रमण पुष्टि हुँदा १९ मंसिर भइसकेको थियो । ७ पुसमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो ।

तर ‘एस जिन नेगेटिभ’को संख्या बढ्नुले ओमिक्रोन संक्रमित बढ्दै गएको अनुमान गरिएको छ । अल्फा भेरियन्ट पुष्टि भएको केही नमुनामा पनि एस जिन नेगेटिभ आएको थियो । हालसम्म डेल्टा भेरियन्टमा एस जिन नेगेटिभ आएको छैन । पछिल्ला दिनमा भएका जिन सिक्वेन्सिङका नजिताअनुसार नेपालमा अल्फा भेरियन्ट भेटिएको छैन, डेल्टा मात्र भेटिएको छ ।

त्यसैले एस जिन नेगेटिभ देखिएर जिन सिक्वेन्सिङ भइरहेको नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनसक्ने स्वाथ्य मन्त्रालयका अधिकारीहरुको आंकलन छ । ‘नेपालमा ओमिक्रोनले प्रवेश पाइसकेकाले संक्रमित संख्या बढ्दै गएको अनुमान गरिएको छ,।’

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट भित्रिएकामध्ये मंगलबारमात्रै १५ जनामा . भाइरस संक्रमण पुष्टि भयो। त्यसबाहेक पश्चिमकै अर्को शहर धनगढीसँग जोडिएको त्रिनगर हुँदै नेपाल भित्रिएकामध्ये १६ जनाको नतिजा पोजेटिभ आयो।

मंगलबार भारतबाट गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ थियो। त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संख्या ३०९ थियो।

अर्को दिन बुधबार सुदूरपश्चिम प्रदेशमा ५५ मा . पुष्टि भयो। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये अधिकांश भारतबाट भित्रिएका नागरिक छन्। पछिल्लो समय भारतमा .भाइरस संक्रमण गति ती’व्र बनेसँगै त्यहाँबाट नेपाल भित्रिनेहरुमा पनि संक्रमण देखिने क्रम बढ्दो छ।

कोभिडको तेस्रो लहर ती’व्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन पनि स्थगित भएको छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले भारतमा संक्रमण बढ्दै जानु, खुला सिमाना, जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु तथा ओमिक्रोन भेरियन्टका कारण संक्रमणदर बढ्दै गएको बताइन्।

‘भारतमा संक्रमित बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने विगतको अनुभव छ। अहिले पनि भारतबाट आउनेमा संक्रमण देखिएको छ,’ मिश्राले भनिन्, ‘हामी सबै सतर्क भएर जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने देखिन्छ।’

ओमिक्रन भाइरस भारतमा ती’व्रगतिमा फैलिएकाले नेपालमा पनि संक्रमणदर बढेको हुनसक्ने मिश्राले बताइन्।

‘छिमेकी मुलुकसँगै विश्वमै अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण तीव्ररूपमा फैलिएको छ। अस्पतालहरू भरिँदै गएका छन्,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मी र अन्य बिरामी पनि बढ्दै गएका छन। त्यसले स्वास्थ्य प्रणाली दबाबमा पर्छ। यसले दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएकालाई अफ्ठ्यारो पार्छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्