अमेरिकाको डाक्टर बनेकी नेपालकी चेली सम्झना पाण्डेको दुनियाँलाई चकित पार्ने स्वर । यस्तो भएपछि धरधरी रोईन (भिडियो हेर्नुस)



अमेरिकामा बसेर नेपाली सँगीतलाई माया गर्ने चेली हुन्, सम्झना पाण्डे । सानै उमेरदेखि रेडियो नेपालका बिभिन्न बिज्ञापनहरुमा आवाज दिदै हुर्केकी सम्झना बिचमा पढाईका लागि अमेरिका पुगिन् । उतै घरजम गरेपछि आफ्नो सानै उमेरदेखिको गाउने चाहना पुरा नहुने हो कि भन्ने उनलाई लागिरह्यो । अमेरिकामा बिभिन्न बिरामीहरुको हेरचाह गर्दै परिवारसँग रमाउँदै फुर्सदमा गीत गुनगुनाउने सम्झना बिचमा द भ्वाईस अफ नेपाल सिजन २ का लागि नेपाल आईन् ।

भ्वाईसबाट उनको राम्रै चर्चा भयो । व्याटल राउण्डबाट बाहिर्रिएपछि उनलाई केहि गीतहरु गाउने प्रस्ताव आए । सम्झनाले मैले जति माया, जुहारी लगायतका ७ वटा गीतहरु गाईसकेकी छिन् । अमेरिकामा डाक्टर पेशाा गरेर बनाएको रकमलाई उनी नेपाली गीत सँगीतमा खर्च गर्दछिन् । यसैबिच उनी नेपाल आउँदा ३ वटा गतिहरुको भिडियोमा आफैले अभिनय गरिन् । जसमध्ये नाचौं नाचौं बोलको उनको गीतको भिडियो उनकै युट्युब च्यानलबाट आइृसकेको छ । गीत सँगीतलाई माया गर्ने क्रममा केहि व्यक्तिहरुबाट पाएको कमेन्टले उनलाई रुवायो । शिशिर भण्डारीसँग कुरा गर्दै अमेरिकामा डाक्टर बनेकी नेपाली चेली सम्झनाले यसरी आफ्नो पिडा पोखिन् । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्