निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ? – केपी ओली


banner

नेकपा एमाले अध्यक्ष केपी ओलीले ब’ला’त्का’रपछि ह’त्या भ’ए’की कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे ।

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अ व रोध ग रे का थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’ ११ साउन २०७५ मा ब’ला’त्का’रपछि ह’त्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

त्यस्तै, कञ्चनपुरकी किशोरी निर्मला पन्त ब’ला’त्का’रपछि ह’त्या प्र’क’रणमा शंकास्पद भनिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।

भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्। हुसेनलाई निर्मला प्रकरणमै नभएर ड्युटीमा रहेका प्रहरीमाथि अ’भ’द्र व्य’व’हार ग’रे’को आरोपमा पक्राउ गरिएको खुलेको छ।

तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शं’का’स्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘हुसेनलाई निर्मला प्रकरणमै पक्राउ नगरिएको भए पनि उनका केही गतिविधि शं’का’स्पद थिए, सोही कारण डीएनए परीक्षण गरिएको हो,’ एक प्रहरी अधिकारीले भने।

अनुसन्धानमा सं’ल’ग्न अधिकृतका अनुसार उनले निर्मलालाई जि’स्का’उने ग’रे’को भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए। त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्