मास्क नलगाएको भन्दै महिलाले बृद्धलाई विमानभित्र थ’प्प’ड लगाइन रोचक त तब भयो कि उनि संग नै मास्क थिएँन, भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दै



काठमाडौं । विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले सबैको चिन्ता बढाइरहेको छ । मानिसहरूलाई फेरि एक पटक मास्क लगाउन र सामाजिक दूरी पालना गर्न आग्रह गरिन्छ । अहिले यही बीचमा डेल्टा उडानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडियोमा एक महिला यात्रुले वृद्धसँग दु’र्व्य’वहा’र ग’रे’को देखिएको छ । एक वृद्ध व्यक्तिले मास्क नलगाएको भन्दै महिला यात्रु यति धेरै रिसाइन् कि उनले वृद्धलाई थ’प्प’डसम्म हा’न्न पु’गि’न् ।

यति मात्र होइन, महिलाले ती पुरुषको मुखमा थु’के’को पनि देखिन्छ । ध्यान दिनु पर्ने कुरा के छ भने यो सबै हल्लाको बीचमा महिला स्वयम् पनि मास्क लगाएकी छैनन् । यद्यपी यस क्रममा विमानमा उपस्थित चालक दलका सदस्यले महिलालाई रोक्न खोजे तर उनी मानिनन् । जानकारी अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट एटलान्टाको डेल्टा उडानमा भएको हो ।

भिडियोमा देखिएकी महिला ५१ वर्षीया प्याट्रिसिया कोर्नवाल हुन् । उडानमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न लागेकी थिइन् । तब उनले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखेर भ’ड्कि’इन् । त्यो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको जानकारी गराइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्