अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक (भिडियो)


banner

अभिनेत्री आँचल शर्माले तेलुगु फिल्म ‘हिटम्यान’मा काम गरेकी छिन् । उनले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ । नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा आफूले पनि अभिनय गरेको आँचलले बताएकी हुन् ।

‘हिटम्यान’को छायांकन नेपाल र भारत दुवै ठाउँमा गरिएको छ । चलचित्र ‘हिटम्यान’लाई विष्णु अधिकारीले निर्देशन गरेका छन भने आफूले नेपाली संवाद नै बोलेको जानकारी आचल दिएकी हुन् ।

आँचलले चलचित्रको प्रिमियर हैदराबादमा हुने र आफू सहभागी हुने पनि जानकारी गराइन् । आँचलले आफ्नो कामको चलचित्र युनिटले प्रशंसा गरेको समेत बताइन् । ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गरेको उनले बताईन। चलचित्रको एउटा गीतमा पनि आँचललाई फिचरिङ गरिएको छ । यो गीतलाई नेपाली र तेलुगु भाषामा तयार गरिने छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्