ओमिक्रोनको त्रास भैरहेका बेला नेपालमा आयो संक्रमणको अर्को दु:खद अपडेट



काठमाडौँ : नेपालमा भाइरस संक्रमण दोब्बरले बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार करिब दोब्बरले संक्रमण बढेको छ ।

मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार बिहीबार ५४० जनामा संक्रमण पुष्टि मन्त्रालयको विवरणमा उल्लेख छ ।

गत बुधबार ४३५ जनामा संक्रमण हुँदा बिहीबार ५४० जनामा पोजेटिभ देखिएको थियो । पछिल्लो २४ घण्टामा चौध हजार ९७१ वटा नमुना परीक्षण गर्दा ९६८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार २७२ जनामा गरिएको पीसीआर परीक्षणमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ।

संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको थियो। लुम्बिनी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका भैरहवाका ल्याब इन्चार्ज प्रेमकुमार यादवले भने, ‘संकलित नमुनामध्ये केही रिपोर्टमा ओमिक्रोन देखिएको छ। संख्या एकीन भएको छैन।’

त्यस्तै कर्णाली प्रदेशबाट पनि जिन सिक्वेन्सिङका लागि काठमाडौं नमुना पठाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्