कजाकिस्तानमा सेनालाई चेतावनी नदिई सिधै ‘गो’ली चलाउन’आदेश



काठमाडौं – काजकिस्तानमा भइरहेको विरोध प्रदर्शन र हिंसाका बीच त्यहाँको सरकारले सेनालाई ‘विना चेतावनी गो’लि च’ला’उन’ आदेश दिएको बीबीसीले जनाएको छ ।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएबले अल्माटी सहरमा ‘२० हजारको सङ्ख्यामा रहेका विरोधी प्रदर्शनकारी’ ले आक्रमण गरेको बताउनुभएकाे छ । अल्माटी सहर बढिरहेको तेलको मूल्यको विरोधमा भइरहेको वि’रो’धी प्र’द’र्शन र हिं’सा’को केन्द्र हो ।

राष्ट्रपति तोकाएबले यस हिं’सा’का लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएको दाबी गर्नुभएको छ । यद्यपि उहाँले यो दाबीको बारेमा कुनै स्पष्ट पार्नुभएको छैन ।

यसैबीच काजकिस्तानको अनुरोधमा रुसको नेतृत्वमा रहेको सेना काजकिस्तान पुगेको छ । काजकिस्तानकाे गृह मन्त्रालयले २६ सशस्त्र अ’प’राधीलाई मा’रि’एको र हिं’सा’मा १८ सुरक्षा अधिकारी पनि मा’रि’एका बताएकाे छ ।

त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेकाे र निकै कम जानकारी सार्वजनिक भइरहेकाे छ ।

कजाकिस्तानमा तेलको मूल्यवृद्धि वि’रु’द्ध वि”रोध प्रदर्शनका बेला हिं’सा ब’ढेको हो । त्यसपछि अमेरिका, बेलायत, फ्रान्सबाहेक संयुक्त राष्ट्रले सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्