आज राति देशभर मौसम बदली वर्षा र हिमपातको सम्भावना, जोगिन २४ घण्टे चेतावनी



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर मौसम सामान्य बदली (धेरैजसो आकाशमा बादल) रहनेछ। महाशाखाले बिहिबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।

यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्