पूजा सिंह डिआइजीमा बढुवा सिफारिस




काठमाडौं : नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे । बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे ।

सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे । सिंह प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् थिइन्। उनी यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्।

व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्। सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्