परिवार संगै चन्दागिरीमा हिँउ खेल्न गएका दिपक सधैको लागि अस्ताए, ७ दिनपछि भीरमा अड्किएको अवस्थामा शव फेला



काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा बेपत्ता भएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् ।

चन्द्रागिरि नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । हिउँ खेलेर सबै परिवारसँगै फर्केको तर, विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । मोरङको रंगेली नगरपालिका–९ का स्थायी घर भएका दिपक गत पौष १५ गते हिउँ खेल्न जाँदा हराएका थिए ।

उनको शव एक साता पछि चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा फेला परेको प्रहरीले जनाएको छ ।  हिउँ खेल्दा उनले मापसे पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भिरबाट डोरीको सहायताले निकालेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्