यी ६५ वर्षका व्यक्ति जसले ८ पटक सम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाए



यी ब्रम्हदेउ मण्डल हुन् । यीनी ६५ वर्षका भए ।भारतको विहार राज्यका यी व्यक्तिले ८ पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसके । उनी आफैले ११ पटक भ्याक्सिन लगाएको बताएका छन् ।

यसले उनलाई अझ शक्तिशाली बनाएको दाबी गरे सेवानिवृत्त हुलाक मण्डललाई गत हप्ता थप कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन खोज्दा रोकियो । उनले धेरैपटक भ्याक्सिन लगाइसकेको जानकारी पाएपछि रोकिएको हो ।

मण्डलले ४ फरक स्थानबाट ८ पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाएको अधिकारीहरुले बताएका छन् । मण्डलले एकै दिन आधा घन्टाको फरकमा पनि दुईपटक भ्याक्सिन लगाएको खुलेको छ ।

उक्त रेकर्ड पछि मात्र थाहाभएको हो । मण्डलले यति धेरैपटक भ्याक्सिन लगाएपनि उनको स्वास्थ्यमा कुनै असर नपरेको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्