प्रचण्ड र नारायणकाजीलाइ संक्रमण पुष्टी




काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको बताएको छ।

‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन्, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् । ‘पिसिआर परीक्षणमा मलाई संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्