ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै वि’स्फो’ट गराइदिए !




एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ ।

उनले ब्याट्री मर्मत नगर्ने निर्णय त लिए नै सँगै मुलुकका सबै चर्चित युट्युबरहरू भेला गरेर कार नै विस्फोट गरिदिएका छन् । उनले ६६ पाउन्ड बराबरको वि’स्फो’टक पदार्थ राखेर कार वि’स्फो’ट गराएको समाचारमा जनाइएको छ ।

उनले गरेका यी सबै गतिविधिलाई युट्युबरहरूले भिडियोमा कैद गरेका थिए । जसलाई अहिलेसम्म सामाजिक सञ्जालमा पचास लाखपटक हेरिएको छ । कार खरिद गरिएयता ९०० माइलसम्म टुओमस काताइनेनको मोडिफाइ गरिएको सो टेस्ला कारले राम्रै काम गरेको थियो । तर त्यसपछि अचानक कारमा पानी चुहिन थाल्यो । उनले एउटा ट्रकमा राखेर सो कारलाई मर्मतका लागि पठाए ।

करिब एक महिनापछि मेकानिक्सले बिग्रेको ब्याट्री फेर्न २२ हजार डलर र ज्यालाका लागि थप थुप्रै रकम लाग्ने बताए । वास्तवमा मर्मतका लागि आधिकारिक रूपमा टेस्ला कम्पनीले पनि केही चासो दिनुपर्थ्यो । तर, त्यसले कुनै वास्तै गरेन ।

त्यसैले काताइनेन हाइड्रोलिक प्रेसर, फेम लाउरी भुहेन्सिल्टा लगायतका चर्चित यु–टय्वरहरू बोलाएर आफ्नो कारै उडाइदिएका हुन् । हेलसिन्कीदेखि करिब दुई घन्टाको बाटोमा पर्ने विकट गाउँ जालामा कारबाट लिथियम–आयोन ब्याट्री, मोटरहरू र अन्य महंगा पाटपुर्जाहरू झिकेर कार प’ड’का’इएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्