सडक दुर्घटनामा परि ३१ वर्षीय दिलिप सधैको लागि अस्ताए


banner

टिपर र मोटरसाइकल एकापसमा ठ’क्क’र खाँदा मोटरसाइकलमा सवार एक यात्रुको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

शुक्रबार साँझ ५ः०० बजे जलजलेबाट गाईघाट आउँदै गरेको स १ ख ७२१ नम्बरको टिपरसँग जलजलेतर्फ जाँदै गरेको प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाइकलसँग ठो’क्कि’दा मोटरसाइकल पछाडि सवार दिलिप दुलालको निधन भएको हो।

३१ वर्षीय दुलाल त्रियुगा नगरपालिका ५ देउरीको भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालक प्रभुनारायण चौधरी र पछाडि सवार दुलाल गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएकोमा उपचारकै क्रममा दुलालको राति ९ः०० बजे निधन भएको प्रहरीले जनाएको छ। चौधरीको उपचार भइरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।

टिपर र टिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ वर्षीय मेखबहादुर राउतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ। मृतकको शव पो’ष्टमा’र्टम भइरहेको छ भने घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्