अस्कर अवार्ड जित्ने पहिलो अश्वेत अभिनेता सिड्नी प्वाटिएको निधन


banner

अस्कर अवार्ड विजेता अभिनेता सिड्नी प्वाटिएको निधन भएको छ । सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जित्ने पहिलो अश्वेत कलाकार सिड्नीको ९४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

बहामियन अमेरिकन सिड्नीको अमेरिकाको लस एन्जलसमा निधन भएको हो । उनी ट्रेलब्लेजिङ अभिनेतासँगै सम्मानित मावनअधिकारकर्मी तथा कूटनीतिज्ञ पनि थिए ।

उनले सन् १९६३ मा ‘लिलिज अफ द फिल्ड’ चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर जितेका थिए ।

मायामीमा जन्मिएका सिड्नीको बाल्यकाल बहमासको आलु फार्ममा बितेको थियो । उनी १६ वर्षको उमेरमा न्यूयोर्क गएका थिए ।

उनले हलिउडमा रहेको रंगभेदको पर्खाल भत्काउन सफल भएका थिए। सन् १९६३ मा बनेको फिल्म लिलीज अफ द फिल्डमा उनले उत्कृष्ट अभिनेताको ओस्कार जितेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्