पाकिस्तानमा हिउँ हेर्न गएका १६ जनाको मृत्यु, हजारौं गाडी निकाल्न सेना बोलाइयो



काठमाडौं । पाकिस्तानमा हिउँ हेर्न गएका १६ जनाको मृत्यु भएको छ । पर्यटकहरूको भीड हिउँमा फसेपछि कारहरूमा फसेका कम्तिमा १६ जनाको मृत्यु भएको हो । शनिबार मुरीलाई संकटग्रस्त घोषित गरिएको पाकिस्तानी अखबार डनले उल्लेख गरेको छ ।

पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले एक भिडियो सन्देशमा १५ देखि २० वर्षमा पहिलो पटक यति ठूलो सङ्ख्यामा पर्यटकहरू हिल स्टेशनमा आएका कारण ठूलो संकट सिर्जना भएको बताएका छन् ।

उनले भने कि रावलपिन्डी र इस्लामावाद प्रशासन, प्रहरीसहित, अलपत्र परेकाहरूलाई उद्धार गर्न काम गरिरहेको छ । उनका अनुसार पाकिस्तानी सेनाका पाँच प्लाटुन साथै रेन्जर्स र फ्रन्टियर कोरलाई पनि आपतकालीन रूपमा बोलाइएको छ ।

मन्त्रीले हिल स्टेशनमा करिब १,००० कार अड्किएको बताएका छन् । कारहरूमा १६ देखि १९ जनाको मृत्यु भएको पुष्टि भएको पनि उनले बताए । अहमदले भने कि मुरीका बासिन्दाहरूले फसेका पर्यटकहरूलाई खाना र कम्बल उपलब्ध गराएका छन् ।

प्रशासनले हिल स्टेशनमा जाने सबै सडकहरु बन्द गरेको छ ।अब खाना र कम्बल लिएर जाने सवारी साधनहरूलाई मात्र अनुमति दिइएको छ । उनले भने, ‘भगवानको कृपाले, आज बेलुकासम्म १,००० कारको उद्धार गर्नेछौं । हामीले पैदल हिँड्ने मानिसहरूलाई पनि रोक्ने निर्णय गरेका छौं । पैदले पर्यटकहरू घुम्ने समय छैन ।’

यसैबीच, पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदारले मुरीलाई प्रकोपबाट प्रभावित भएको घोषणा गरेका छन् । उनका अनुसार अस्पताल, प्रहरी चौकी, प्रशासन कार्यालय र उद्धार ११२२ सेवाहरूमा आपतकालीन अवस्था लागू गरिएको छ । यसअघि आज सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले पनि हिल स्टेशन नजान सर्वसाधारणलाई अपिल गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्