नेपालमा नै गुड्यो रेल, लामो समयदेखि थन्किएको रेलको गरियो परीक्षण



जनकपुरधाम, २४ पुस : धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।

खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए ।

खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्