भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित




नयाँ दिल्ली : भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा २९७८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १६७६, ललितपुरमा ७२३ र भक्तपुरमा ५७६ सक्रिय संक्रमित छन्।

नेपालमा थप ९४४ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्