H#JG^*8XPo32Fd H#JG^*8XPo32Fd

एकाबिहानै काठमाडौंमै घट्यो डरलाग्दो घटना: टाउको दुखेर घरबाट निस्केकी रोशनीलाई जब यस्तो अबस्थमा देखेर सबैले जिब्रो टोके !




काठमाडौंको नागार्जुनस्थित एक धामीको आश्रममा १४ वर्षीया किशोरीको ह’त्या भएको खबर बाहिरिएको छ। टाउको दुखेर फुक्न नागार्जुन १ पानी ट्यांकीस्थित धामीको आश्रममा गएकी सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठको त्रिशूलले घोचेर ह’त्या भ’ए’को हो।

ह’त्या आरोपी धामी उमा ठकुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दीनेशराज मैनालीले जानकारी दिए। मृतकका किशोरीका आफन्तका अनुसार किशोरीलाई उनकी आमाले गत पुस ३ गते धामी ठकुरीकहाँ छाडेर घर फर्किएकी थिइन्।

उनलाई टाउनको दुखिरहने समस्या थियो। छोरीको समस्या सुनिसकेपछि ठकुरीले आफूले सबै ठिक पार्ने भन्दै छोरीलाई छाडेर जान आग्रह गरेकी थिइन्।

यो पनि, हुम्लामा भारी हिमपात
शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्