माओवादीमा अझै संक्रमितको संख्या थपिदै, शक्ति बस्नेतका दम्पत्ती सहित एक दर्जनलाई कोभिड



काठमाडौ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा १’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड(१९ को सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा बसेका छन् । प्रधानमन्त्री देउवा शनिवार नै प्रमुख विपक्षी नेता खड्गप्रसाद ओलीलाई भेटेकाले सम्भवतः उनले पनि पीसीआर परीक्षण गराउनेछन् ।

ठूला नेताहरू सङ्क्रमित नभएकै भए पनि कोभिड(१९ को सङ्क्रमण फैलने खतरा स्पष्ट देखिइसकेको छ । तर, शासक वा सामान्य जनता कसैले पनि आसन्न सङ्कटलाई गम्भीरतापूर्वक भने लिएको देखिएको छैन । यो हेलचेक्र्याइँ नेपालीका लागि निकै महँगो पर्नसक्छ ।

कोभिड ( १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कोभिड संक्रमणको परिस्थिति विश्लेषण गरेर तत्काल भारतबाट नेपाल छिर्ने नाकामा प्रभावकारी निगरानी गर्ने निर्णय गरेको समाचार केही दिन पहिले सार्वजनिक भएको थियो । तर, नाकाहरूमा निगरानी प्रभावकारी हुन अझै सकेको छैन ।

उता भारतमा सङ्क्रमण पुनः तीव्र भइसकेको छ । त्यसको प्रभाव त नेपालमा पक्कै पनि पर्छ । यता नेपालमा सडकदेखि सरकारी कार्यालयसम्म कतै पनि स्वास्थ्य मापदण्ड पालना भने गरिएको देखिँदैन । नियामक कसैले पनि मापदण्ड पालना गराउन चासो राखेका छैनन् ।

आज आईतबार सीसीएमसीको बैठक पनि बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले पनि आईतबार नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर ३ वटै जिल्लाका सीडीओहरुले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ रिजालले बताए । एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए । शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्