हिउँमा पुरिएर एक प्रहरीले गुमाए श्रीमती र ६ छोराछोरी, अर्का पाँच जनाको परिवारसमेत पुरियो !



पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २१ जना को मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्र मा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । मृत्यु हुनेमा प्रहरी उनकी श्रीमति र उनीहरुका ६ सन्तान र अर्का पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिस हरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।  पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्