सहयोग माग्न गएका देउवालाई ओलीले उल्टै यस्तो सर्त राखेपछि देउवा छक्क !



काठमाडौ । संसद लामो समय अवरुद्ध भएका कारण प्रधानमन्त्री शेर वहादुर देउवाको एमसीसी पास गर्ने योजना सफल हुन सकेको छैन । त्यसैले उनले विपक्षी दलका नेतासंग पनि परामर्श अघि बढाएका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।

उनले संसदको अवरोध हटाउन ओलीलाई आग्रह गरे । तर ओलीले दिएको जवाफवाट देउवा भने छक्क परेका छन् । उनलाई अब एमसीसी पास गर्नु निकै कठिन हुने देखिएको छ । सहयोग माग्न गएका देउवालाई ओलीले उल्टै नयँ सर्त राखेका छन् । यसवारे ओली र देउवाका सचिवालयले कुनै औपचारीक जानकारी भने सार्वजनिक गरेका छैनन् । दुई नेताबीच एक्ला एक्लै कुराकानी भएको थियो ।
देउवा र ओलीबीच बालकोटमा एक घण्टा कुराकानी भएपछि देउवा पत्रकारसंग केही नबोली निस्किएका थिए ।

तर बालुवाटार फर्किएपछी प्रधानमन्त्री देउवाले आफू निकट एक नेतालाई ओलीको शर्त बारे सुनाएका थिए । ओलीले देउवालाई गठबन्धन फु टा ए अहिले नै एमाले पार्टीले साथ दिने शर्त राखेका छन् ।

अहिलेको सरकारले नियतबस एमाले पार्टी फुटाएर माधव नेपाललाई सरकारमा लगेको र यसमा सभामुखले समेत साथ दिएको कारण एमाले पार्टी चूप नबस्ने कुरा राख्दै ओलीले भने, ‘तपाई प्रधानमन्त्री भएकोमा गुनासो होईन । यो गठबन्धनले एकतर्फी एमालेमाथी हा न्न थालेको छ र यसमा नेपाली कांग्रेस र तपाई प्रयोग हुनुभएको छ । प्रधानमन्त्री नै बन्न यो गठबन्धनको साथ किन चाहियो रु गठबन्धन फ़ु टा उनुस एमाले पार्टीले साथ दिन्छ अनि चुनाव तपाई कै नेतृत्वको सरकारले गर्नुस । अब गठबन्धन फ़ु टा उनुस अनि मात्र म संग कुरा गर्न आउनुस ।

ओलीको यस्तो जवाफ पछि अब देउवाले कस्तो कदम चाल्छन त्यो भने हेर्न बाँकी छ । यता कोभिडका पुष्टि भएका कारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दर्जन बढी नेता आइसोलेसनमा बसेका छन् । कोभिडको जोखिममा परेका कारण देउवाले पनि भेटघाट अब बन्द गरेका छन् । ओलीले एमसीसीमा पनि कांग्रेसलाई साथ दिने नदिने बारे कुनै निर्णय नसुनाएको पनि देउवाले आफ्ना निकटलाई बताएका छन् । गठबन्धनको धारणा सार्वजनिक भएपछि मात्र एमालेले साधणा बताउने ओलीले जवाफ दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्