जबरजस्ती कक्षा चलाउँदा नोबेल मेडिकल कलेजमा तो डफो ड



आन्दोलनरत विद्यार्थीहरूले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तो’डफो’ड गरेका छन् । अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न रोक लगाएपछि आन्दोलनरत विद्यार्थीले बुधबार नोबेल मेडिक कलेजमा तो’डफो’डपछि तालाबन्दी गरेका हुन् । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तो’डफो’ड गरेका हुन्।

नोबेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका विद्यार्थी संगठनहरूले नोबेलको मूल गेटमा केही बेर अघि तो’डफो’ड गरेका हुन् ।

विद्यार्थीहरूले गेट फोडेर नोबेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन् । नोबेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् । विद्यार्थी संगठनहरुले नोबेलविरुद्ध नाराबाजीसमेत गरेका छन् । अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ। नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्