धुर्मुस-सुन्तलीले हात झिकेपछि क्रिकेट रंगशालावारे महानगरपालिकाले लियो यस्तो निर्णय



काठमाडौ । ठूलो वजेटमा बन्न लागेको क्रिकेट रंगशाला निर्माणको कामवाट कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले हात झिके । करोडौ रकम ऋण लागेको भन्दै उनीहरुले निरन्तरता दिन नसक्ने बताएपछि क्रिकेट रंगशाला निर्माणको काम अलपत्र परेको थियो । सिताराम र कुञ्जनाको संस्था ‘धुर्मुस सुन्तली फाउन्डेन’ ले हात झिकेपछि चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ ।

सहयोग जुटाएर क्रिक्रेट रंगशाला बनाउने भन्दै धुर्मुसले ‘फाउन्डेसन’ का नाममा रकम संकलन गरेर रंगाशाला बनाउने भने पनि पूरा नहुँदै धुर्मुस सुन्तली बाहिरिएपछि भरतपुर महानगरपालिकाले रंगाशाला स्वामित्वमा लिन लागेको हो ।

फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गर्ने महानगर प्रमुख रेणु दाहालले बताइन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरूपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगर रंगशालाको स्वामित्व लिने प्रक्रियामा अघि बढेको उनको भनाइ छ ।

सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने उनले बताइन् ।

‘रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग जुटाएर सहयोग गरेको हो । महायज्ञ लगाएर १७–१८ करोड पनि जुटेको हो,’ दाहालले पत्रकारहरूको कुराकानीमा भनिन्, ‘चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् । तर, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुन सहयोगको आशा गरिएको थियो, त्यो जुट्न सकेन । फाउन्डेसनले पनि आर्थिक अभावकै कारण देखाएर सकिनँ भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्