गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष ओली जब बग्गी चढेर ‘वाटर किङडम’ पुगे




काठमाडौ । राजनीतिक कार्यक्रमका लागि गृह जिल्ला झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बग्गीमा सवार भएका छन् । उनी वाटर किङडम उद्घाटन गर्न जाँदा बग्गी चढेका हुन् । झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर पुगेका छन्।

पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्‍याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेका हुन्। नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित ओलीलाई आइतबार सञ्चालकले वाटर किङडम पुर्‍याएका हुन्। कोरोना महामारीका कारण २ वर्ष देखि पार्क सञ्चालन भए पनि औपचारिक उद्घाटन हुन पाएको थिएन।

आइतवार झापा पुगेका ओलीले आफ्नो निर्वाचन क्षेत्र लगायत झापा ४ का विभिन्न कार्यक्रमा सहभागीता जनाएका हुन् । अध्यक्ष ओलीले आइतवार भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम थियो । त्यस्तै कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको गरे भने कमल गाउँपालिका वडा नं २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण समेत गरेका छन् । त्यस्तै झापा क्षेत्र नं ४ झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन पछि अपरान्ह ४ बजे भद्रपुरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

यो पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिड्ने सडकमा स्थानीयवासीले अघिल्लै दिन ढाट लगाएका थिए । झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री ओली आईतबार आउने कार्यक्रम भएको जानकारी पछि स्थानियले विरोध स्वरुप त्यस्तो गरेका हुन् । पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट दक्षीण ४ सय मिटर सडकमा परेको खा ल्टा खु ल्टीमा शिवसताक्षी नगरपालिकाले माटो पुरेर आँखामा छा रो हाल्ने काम गरेको भन्दै स्थानीयले पालिकाको विरोध गर्दे ढाट लगाएका हुन् ।

नगरप्रमुख चन्द्रकुमार सेर्माले बिहीबार नै सम्बन्धित वडाका वडाध्यक्षलाई सडकमा परेका खा ल्टा पुर्न का लागि अख्तियारी दिएका थिए । तर परेका खा ल्टा मा वडा पालिकाले माटो ल्याएर पुरेको भन्दै स्थानीयले सोको विरोध गर्दै ढा ट लगाएको बताए । ‘हाम्रो विरोध होइन, खवरदारी मात्र हो । पालिकाले लापावाही गर्नु हुन्न,’ स्थानीयलले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्