श्रीमानको मृत्युपछि जुठो बारेर बसेकी महिलाको कोठामा सिंहवहादुर मध्यरातमा पसेपछी……




काठमाडौ । श्रीमान गुमाएर दुखमा रहेकी एक महिलालाई स्थानिय पुरुषले नराम्रो ब्यवहार गर्न खोजेपछि उनी पक्राउ परेका छन् । श्रीमानको मृत्युपछि जुठो बारेर बसिरहेकी एक महिलामाथि स्थानिय पुरुषले इच्छा विपरित क’र’णी ग’र्न खो’जेको घटना सार्वजनिक भएको छ । ति पुरुष पक्राउ परेका छन् । घटना रामेछाप लिखु तामाकोसी गाउँपालिकमा भएको हो । तामाकोसी गाउँपालिका ३ धोबीका ५० वर्षीय सिंहबहादुर कामीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

श्रीमानको निधन पछि दुखमा रहेकी र जुठो बारेर बसेकी महिलालाई उनले कु’दृ’ष्टि लगाएका थिए । लिखु तामाकोसी गाउँपालि स्थित घरमा एक्लै भएको बेला ति पुरुषले त्यस्तो प्रयास गरेका थिए । घटना पछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । जुठोमा रहेकी ति महिला एक्लै आराम गरेर पल्टि रहेकी थिइन् ।

रातीको समयमा आराम गरिरहेको बेलामा ति पुरुष उनको घर भित्र प्रवेश गरेका थिए । घटना हुँदै गर्दा महििलाले सहयोग मागेकी थिइन् । आमाको ठूलो स्वर सुनेपछि छोरीले छिमेकीलाई खबर गरेकी थिइन । छिमेकीले थाहा पाएसँगै विक त्यहाँबाट भा ‘गे ‘का थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले महिलाले दिएको उजुरीको आधारमा शनिवार राती ११ बजे धोबीबाट पक्राउ गरेको जनाइएको छ ।

यो पनि, भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ । विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो ।

“अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युत्सम्बन्धी समस्या अन्त्य गर्दै सहजरुपमा उपचार गर्नका लागि सौर्य उर्जा जडानमा सहयोग गरेका हौं”, उहाँले भन्नुभयो, “यसले आगामी दिनमा सेवा प्रवाहमा सहजता ल्याउनुका साथै वैकल्पिक ऊर्जाको प्रयोगले कार्बन उत्सर्जनमासमेत नियन्त्रण भई वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।”

अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य उर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ का समयमा आइसोलेशन सेन्टरकारुपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “विद्युत्को वैकल्पिक व्यवस्थापनका लागि युएनडिपी नेपाललाई सहयोगका लागि अनुरोध ग-यौं”, उहाँले भन्नुभयो, “स्थान हामीले दियौं र युएनडिपी नेपालकै सम्पूर्ण लागतमा १० केभिए क्षमताको सौर्य उर्जा जडान भएको हो ।”

अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डाइलोसिस सेवाका लागि सौर्य उर्जाले सहयोग पुग्ने विश्वास नगर प्रमुख खनालको छ । जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारीसहित अगाडि बढिएको उहाँले बताउनुभयो ।

उक्त अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य उर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा एकसय शय्या रहेपनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड– १९ का समयमा यस अस्पताललाई आइसोलेशन सेन्टरको रुपमा प्रयोगमा ल्याइएको थियो । अस्पतालमा हाल दैनिक ५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिनुभयो । अस्पतालमा हाल चिकित्सकसहित २३ स्वास्थ्यकर्मी कार्यरत छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्