काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन लगाउने बारेमा सरकारले यस्तो निर्णय गर्दै



बीबीसी : नेपालमाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ। आइतवार अपराह्ण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत २४ घण्टामा १,१६७ जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिले पुष्टि भएकामध्ये ६१५ जना अर्थात् आधाभन्दा बढी काठमाण्डू उपत्यकामा छन्।काठमाण्डूमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ सङ्क्रमित थपिएका हुन्। उपत्यकाका तीन जिल्लामा हुने सक्रिय सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

गत साता नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएपछि उक्त भेरिअन्ट फैलिने वा फैलिसकेको हुन सक्ने स्वास्थविज्ञहरूको आशङ्का छ। तर पनि डेल्टा भेरिअन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या उच्च रहेको विज्ञहरू बताउँछन्। गत सातासम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको कुल पीसीआर परीक्षणमध्ये ५ देखि ६ प्रतिशतमा सङ्क्रमण पुष्टि हुन्थ्यो। केही दिनअघि त्यो दर बढेर करिब १३ प्रतिशत पुगेको थियो।

अस्पतालका प्रवक्ता नवराज गौतमका अनुसार शनिवारसम्ममा सङ्क्रमितको दर कुल परीक्षणको २४ प्रतिशत पुग्यो। उक्त दिन देशभरि झन्डै एक हजार मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो।”अस्पतालमा भर्ना भएका नौ जनामध्ये तीन जना मात्र आईसीयूमा हुनु सकारात्मक कुरा हो। तर सङ्क्रमण दर बढिरहेको छ। यो अति सतर्क रहनु पर्ने सङ्केत हो,” प्रवक्ता गौतमले भने। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रका अनुसार अहिले देशभरि ६,७५५ जना सक्रिय सङ्क्रमित संस्थागत र होम आइशोलेशनमा छन्।

तीमध्ये उपत्यकाका तीन जिल्लामा करिब तीन हजार जनामा सक्रिय सङ्क्रमण रहेको छ। स्वास्थ्य मन्त्रालयको हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोभिड सङ्क्रमणबाट निको हुने दर ९७.८ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ। विगत २४ घण्टामा कोभिडका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

लकडाउन वा निषेधाज्ञाको सम्भावना कति

सङ्क्रमण दर बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। काठमाण्डू उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सल्लाह र सरोकारवाला निकायहरूसँग समन्वयन गरिरहेको बताए। सङ्क्रमण नियन्त्रणका लागि तत्काल निषेधाज्ञा वा कडा खालका प्रतिबन्धको योजना नभएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

“कुनै निश्चित क्षेत्र बन्द गर्ने तयारी भएको छैन। तर सङ्क्रमण बढिरहेकाले कसरी भिडभाड व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल चाहिँ भइरहेको छ,” उनले भने।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय र राति ८ बजे पछिका गतिविधिहरू बन्द गर्ने योजना रहेको बताएका छन्।
त्यसका लागि प्रधानमन्त्री कार्यालयबाट निर्देशन हुनुपर्‍यो,” मन्त्री पौडेलले भने।

पौडेलले सङ्क्रमण नियन्त्रणका लागि सीमामा कडाइ, विमानस्थलमा भिडभाड कम गर्ने, सभा सम्मेलन तथा भोजहरूमा मानिसको सङ्ख्या सीमित गर्न निर्देशन दिनेलगायत विषयमा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा छलफल भएको बताए। “भिडभाड व्यवस्थापनका लागि योजनाहरू बनिरहेका छन्। लकडाउन नभई स्मार्ट लकडाउनको सम्भावना चाहिँ छ। कहिलेदेखि र कसरी भन्ने चाहिँ टुङ्गो लागेको छैन,” उनले भने।

स्मार्ट लकडाउन लगाउन सीसीएमसीसीको सिफारिस

केन्द्रले स्मार्ट लकडाउनलाई पुन: प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।बढी सङ्क्रमण भएका जिल्लाहरूमा जोखिमका आधारमा विभिन्न सेवाहरू बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको उनले जानकारी दिइन्। यसअघि गृह मन्त्रालयले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्याका आधारमा सार्वजनिक यातायात बन्द गर्नुका साथै पसलहरू खोल्ने अवधि तय गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएको थियो।

“जिल्लाको जोखिम हेरेर सुरक्षाका उपायहरू अपनाउनका लागि केही क्षेत्रहरू निषेधित गर्नुपर्ने भए त्यसको व्यवस्थापन गर्न गृह मन्त्रालयमार्फत् पठाउने भन्ने सिफारिस गरेका छौँ,” सीसीएमसीसीकी प्रवक्ता नेपालले भनिन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि ६,७०० जनाभन्दा बढी सङ्क्रमित संस्थागत र होम आइसोलेशनमा छन्। तीमध्ये उपत्यकाका तीन जिल्लामा करिब तीन हजार जनामा सक्रिय सङ्क्रमण रहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्