H#JG^*8XPo32Fd

झारफुकको भर पर्दा काठमाडौंमा किशोरीको मृत्यु, माता पक्राउ




सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटनाा संलग्न काठमाडौँको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले त्यहाँ कोठा भाडामा लिई झारफुक गर्ने गरेको र सोही क्रममा ति बालिका बे’हो’स भएको जनाइएको छ ।

तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो । अनुसन्धानका क्रममा आमाले २२ दिन पहिले बालिकालाई उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको खुल्न आएको छ । त्यसपछि उनको क्रमशः स्वास्थ्य नाजुक बन्दै गएको थियो । अस्पताल लैजानुपर्ने बिरामीलाई झारफुक केन्द्रमा लैजाँदा यसरी बालिकाले अकालमै ज्या’न गु’मा’उनुपरेको देखिएको छ ।

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । उनलाई नियन्त्रणमा लिई क’र्त’व्य ज्या’न क’सू’रमा आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । धामी÷झाक्री, झारफुकजस्ता अन्धविश्वासमा परी एक नाबालिकाको ज्या’नै जा’नेस’म्मको कार्य आफैँमा निन्दनीय भएकाले यस्ता गतिविधिप्रति सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्