बिवाह भएको १ महिना नहुँदै कट्रिनाले श्रीमानका बारेमा किन यसो भनिन् ?



एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा अहिले पनि चलिरहेको छ । उनीहरुको विवाह भएको एक महिनासम्म पनि विशेष तिरीकाले सेलिब्रेट गर्दै आइरहेका छन् ।

विक्की कौशल र कट्रिना कैफको विवाह आज एक महिना पूरा भएको यस विशेष अवसरमा विक्की कौशलले आफ्नो विवाहको नदेखेको तस्विर आफ्ना फ्यानहरूसँग सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । यो तस्विरसँगै अभिनेताले आफ्नी पत्नी कट्रिनाका लागि मायालु सन्देश पनि लेखेका छन् ।

विक्कीले यो तस्विर ‘सदाका लागि’ क्याप्सनमा सेयर गरेका छन् । योसँगै उनले पोस्टको साथमा यो क्याप्सनसहित रातो मुटुको इमोजी पनि सेयर गरेका छन् । यो तस्विरमा कट्रिना र विक्कीले पारम्परिक लुगा लगाएका देखिएका छन्, जसमा दुवै जना सँगै नाचिरहेका छन् । यो तस्विर देखेर फ्यानहरुले यो जोडीको कन्सर्टको तस्विर हो भन्ने अनुमान गरिरहेका छन् । यसै क्रममा एक फ्यानले कमेन्टमा लेखेका छन्, “संगीतको तस्विर”।

आइतबार कट्रिनाले विक्की र आफ्नो एक प्रमिल तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनेकी छिन् –हैप्पी वन मन्थ माइ लब, यो तस्बिारमा उनीहरु एक आर्कासँग धेरै खुसी भएको देख्न सकिन्छ ।

उनको यो तस्बिरलाई प्रशंसकहरुले निकै रुचाएका छन् । साथै अन्य कलाकारहरुले प्रेमले भरिएको कमेन्ट पनि गरिरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्