काठमाडौंमा मोटरसाइकल र टिप्पर दुर्घटनामा परि २ जनाको मृत्यु



काठमाडौं : काठमाडौंमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। ​ बिजुली बजारमा गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचाल झरना गाउँपालिका २ का २२ वर्षीय विपिन विक. रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीन भवन स्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको हो।

विपिन विजुली बजारमा रहेको एक रोधी घरमा साथीहरुसँग मा’प’से झ’गडा गरी भा’ग्ने क्रममा, अचानक सडकमा निस्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। गएराति पौने ११ बजे भएको सवारी दुर्घटना लगत्तै टिपरसहित फ’रार भएका चालकको खोजी भइरहेको छ।

यस्तै काठमाडौंको मिनभवन अगाडी सडकमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतम रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मिनभवन स्थित सिभिल अस्पतालमा मृत्यु भएको हो। जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो। फाइल तस्विर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्