विद्यालय बन्द गर्ने बिषयमा शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय



शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’

उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनका अनुसार भोलि(मंगलबार)बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्। सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

यस्तै रकारले रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।

उनका अनुसार होटेल, फिल्म हल, क्लब, पार्कलगायतका ठाउँमा खोप कार्ड अनिवार्य गरेको हो। त्यस्तै माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ भने राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्