विद्यालय १५ दिन बन्द गर्ने मन्त्रालयको निर्णय, कहिले देखि हो बन्द ?



काठमाडौ । कोभिडको संक्रमण तिब्र गतिमा बढ्दै गएका कारण अब १५ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने निर्णय गरेको हो । सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार सरकारले पनि यस्तो निर्णय गरेको छ ।

सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। सिसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने हो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘आज भरैसम्म मन्त्रालयबाट सूचना जारी गर्छौं।’ वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ।

उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनका अनुसार भोलि (मंगलबार) बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्। सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

यस्तै रकारले रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ। कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।

उनका अनुसार होटेल, फिल्म हल, क्लब, पार्कलगायतका ठाउँमा खोप कार्ड अनिवार्य गरेको हो। त्यस्तै माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ भने राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ।

भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको छ। हवाई यात्रुलाई खोप कार्ड सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाइने भएको छ। आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्