जन्मियो अनौठो बच्चा, पूरै शरीर प्लास्टिकले ढाकेको, डाक्टरले बताए रोग के हो ?




एजेन्सी । संसारमा कहिले काँही प्रकृतिलाई नै चुनौती दिने घटना हुन्छन् । हालै भारतमा एउटा त्यस्तै घटना भएको छ । जन्मदै पुरै शरिर प्लाष्टिकले ढाकिएको शिशु देखेपछि अभिभावक र चिकित्सक नै अचम्म परेका छन् । भारतको औरंगाबादको सोहदामा बस्ने एक महिलाले यस्तो सन्तानलाई जन्म दिएकी हुन् ।

भारतको सदर अस्पतालमा अनौठो बच्चालाई जन्म दिएको भारतीय मिडिया आजतकले लेखेको छ । बच्चाको सम्पूर्ण शरीर प्लास्टिकले बेरिएको छ। चिकित्सा विज्ञानको भाषामा यस्ता बालबालिकालाई कोलोइडल बेबी भनिन्छ । बालकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

यस बारेमा अस्पतालका डाक्टरले यो कोलोइडल बेबी भएको र यो संसारमा जन्मिने ११ लाख शिशुमध्ये एक हुने बताए । एसएनसीयूमा उपचाररत यी बालक अहिले पूर्णरुपमा स्वस्थ छन् र सामान्य बालबालिकाले जस्तै हरेक क्रियाकलाप पनि गरिरहेका छन् । तर, कति दिन बाँ च्ने हो, अहिले नै भन्न नसकिने चिकित्सकहरू बताउँछन् ।

एसएनसीयुका मेडिकल अफिसर इन्चार्ज डा दिनेश दुबेले बाबुको वीर्यमा असामान्यताका कारण यस्तो बच्चा जन्मिएको बताए । शुक्रकीटको कमीलाई उपचारले हटाउन सकिन्छ तर यसको उपचार मेडिकल कलेज वा कुनै अनुसन्धान केन्द्रमा मात्रै सम्भव छ । यस सम्बन्धमा अस्पतालका नर्सले पनि बच्चा एकदमै स्वस्थ देखिन्छ तर शरीरभर प्लाष्टिकजस्तो केही बेरिएको बताइन् ।

जानकारीको लागि, हामी तपाईंलाई बताउछौं कि पञ्जाबको अमृतसरमा धेरै कोलोइडल बच्चाहरू पनि जन्मिएका छन्। पछिल्लो सात वर्षमा यस्ता तीन बालबालिका जन्मिएका छन् । दुई जनाको मृत्यु भएको छ भने तेस्रोको उपचार भइरहेको छ । यस्तो अवस्थामा औरंगाबादको सोह्दामा बस्ने यो बच्चा पनि स्वस्थ भएर सामान्य जीवनयापन गर्न सक्ने आशा चिकित्सकहरुले व्यक्त गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्