क’रेन्ट लागेर प्रधानाध्यापककाे मृत्यु



तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो क’रेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको क’रेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस का’ट्ने क्रममा हाइटेन्सन लाइनमा क’रे’न्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरीचौकीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

यो पनि : ढाका म्याराथनमा पुष्पाले जितिन् कास्य

नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन् । सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् ।

याे विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योति गवाटेले निर्धारित दूरी दुई घन्टा ५४ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् ।

त्यस्तै पुरुषतर्फ किरण बोगटी र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गरे पनि पदक भने जित्न सकेनन् । पाँचाैं स्थानमा रहने क्रममा किरणले निर्धारित दूरी दुई घन्टा २३ मिनेट ४३ सेकेन्डमा पूरा गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्