एमालेमा वामदेवनिकट बिष्टको शानदार जीत



काठमाडौं : एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।

अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए ।

पुस २३ देखि जिल्ला अधिवेशन सुरू भएको थियो। एमालेले अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कतिपय जिल्लामा भने चुनाव भएका छन्। एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्दै सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। एमालेले प्रदेश अधिवेशन पनि गर्न बाँकी छ।

कुन जिल्लामा काे अध्यक्ष ?

१. झापा- दीपक कार्की
२. पाल्पा-धनेन्द्रराज घिमिरे
३. दाङ-हुकुमबहादुर बस्नेत
४. डोल्पा-शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बॉके-किस्मतकुमार कक्षपति
८. धादिङ-भूमि त्रिपाठी
९. अर्घाखाची-पीताम्बर भुसाल
१०. मोरङ-ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५.सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा-इन्द्रमणि पराजुली
१८. रसुवा-कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु-डम्बर शर्मा
२१. नुवाकोट-बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ-कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा-प्रेमबहादुर गुरुङ
२८. मकवानपुर-एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी-देवेन्द्र केसी
३३. जुम्ला-शान्तिलाल महत
३३. काठमाडौं-दीपक निरौला
३४. ललितपुर-पुरुषोत्तम आचार्य
३५. सिन्धुली-कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ-हिरा केसी

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष-उमेश ढकाल

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्