यी चार जना जसले सार्वजनिक जिल्ला अध्यक्षको घरमा पसेर जे गरे त्यो देखेर सबै हैरान !



नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ । गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षीया किशोरी कञ्चन पराजुली मार्फत् अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँगै सिन्धुपाल्चोक इन्द्रावती १० बडहरेका २४ वर्षीय मनिष सुन्दास , इन्द्रावती ९ सिपाटारका २५ वर्षका वुद्ध तामाङ र सिपाटारकै २६ वर्षका विक्की भन्ने अनिल तामाङ संलग्न रहेको जनाएको छ ।

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष काठमाडौंमा प्लस टुमा एकै कलेजमा कञ्चनसँगै अध्ययन गर्दै आएका थिए ।

काठमाडौंमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरीमा संलऊन एक महिलाले दिएको बयानका आधारमा सोही दिन पक्राउ गरिएको र अन्यलाई एक हप्ता लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजन अधिकारीले बताए । उनीहरूले चोरी गरेको केही सुनहरु भागबन्डा गरेको र केही गहनाको स्वरुप परिवर्तन गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनमाल चोरी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्