टिपरको ठक्करबाट दाजुको मृत्यु, दाजुको मन पर्ने खाना मासु भात पकाएर कुरिरहेकी थिइन् कौशिल्या




काठमाडौं : ‘दाईको जन्मदिन आउनै लागेको थियो। जन्मदिन मनाउन घरमा जान्छु भन्थ्यो दाई। अब कहिल्यै नफर्कने गरी गयो। अब हाम्रो कोही छैन। मैले नजानु दाई भनेकै थिए। शनिबार हो साथीहरुसँग जान्छु भनेर बिहानै हिडेको।’ बझाङ फलरा घर भै काठमाडौं भैसेपाटी बस्ने कोशिल्या विष्ट आइतबार महानगरीय प्रहरी वृत कालीमाटी परिसरमा भेटिँदा उभिन सकिरहेकी थिइनन्। परिसरमा नयाँ बनेको भवनको भुइतल्लामा उनी दाजु सम्झीएर निकै बेर भक्कानीइन्।

उनी भन्दै थिइन्, ‘मलाई केही थाहा थिएन, परीक्षा राम्रो भएकाले खुसि हुँदै कोठा फर्किएकी थिए। दाईलाई मनपर्छ भनेर मासु पकाएर राखेकी थिए। दाई आउँछ र सँगै खाना खाउँला भन्दै। मलाई कसले पढाँउछ ? मेरो कोही छैन अब।’

शनिबार राती १० बजे काठमाडौं कलङी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। बल्खुबाट कलङी जाँदै गरेको मोटरसाइकललाई थानकोटबाट कालीमाटीतर्फ जाँदै गरेको टिपरले कलङी चोकमा ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक बझाङ चैनपुर घर भै ललितपुर धोबीघाट बस्ने निखिल बम गम्भीर घाइते भएका छन्। भ्याली अस्पताल सुन्धारामा उनको उपचार भैरहेको छ।

मोटरसाइकलमा पछाडि बस्ने बझाङ फलरा घर भै हाल भैसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा शहिद मेमोरीयल अस्पतालमा राती नै मृत्यु भएको हो। बसन्तको आमा धनगढीमा पसल चलाउँछिन्। बुवा रोजगारीको शिलशिलामा भारतमा छन्। दाजु बैनी काठमाडौंमा पढ्दै थिए। बैनी डिएभी कलेजमा ११ कक्षाको परीक्षा दिँदैछन्। बसन्त शंकरदेव क्याम्पसमा स्नातकमा पढ्दै थिए। सँगसँगै नेबीको कम्पनीमा मार्केटिङ गर्दे थिए। बसन्तकै कमाइकै भरमा जसोतसो दाजुबहिनी काठमाडौंमा टिकिरहेका थिए।

के भन्छन् साथी ?
प्रहरी परिसरमा भेटिए धनगढीका भरत ऐर। बसन्त र निखीलका मिल्ने साथी। जो हिजो दिनभर बसन्त र निखिल सँगै थिए। राती ९ बजे मात्रै किर्तिपुरमा सँगै खाना खाएर छुटेका।निकै भावविह्वल अवस्थामा भेटिएका भरतलाई थाहा थिएन्, हिजोको भेट नै बसन्तसँगको अन्तिम भेट हुनेछ भनेर। उनी भन्दै थिए, ‘काठमाण्डौमा नै केही विजनेस शुरु गर्न चाहन्थ्यो बसन्त। बझाङबाट ६ वर्ष अघि मैले नै काठमाडौं बोलाएको हुँ। निकै इमान्दार बसन्त सबैसँग मिल्ने मिलनसार थिए। काम सिक्दै पढ्दै थियो।

बसन्त, निखिल सहित हामी ४ जना मिलेर हिजो दिनभर घुम्न निस्किएका थियौँ। सिंगल ट्रि, स्वयम्भु, हुदै खाजा खान किर्तिपुर पुगेका थियौ। हिजो खिचेका सिंगल तथा सामुहिक फोटाहरु स्क्रोल गरेर सकेकै छैन मैले। अहिले बसन्त छैन भनेर कसरी पत्याउने ? मसँग एकजना साथी भएकाले निखिल र बसन्त अर्को बाइकमा गएका थिए। राती मेरो रुममा नै बस्ने सल्लाह थियो। हिजोको रात सपनाजस्तो लागिरहेछ। म कोठा पुगेर राती उसलाई फोन गर्दा दुर्घटना भैसकेको रहेछ। म कतिबेला अस्पताल पुगे थाहै छैन।

निखिल राम्रो बाइक चलाउथ्यो। स्पिडमा आएको टिपरले जानीजानी ठक्कर दिएको हुनुपर्छ। पछाडीबाट हा’नेको छ बाइकलाई। टिपर आ’तं’कले गर्दा अहिले रातीमा सडकमा हिँड्नै नसक्ने अवस्था छ। टिपरको स्पिड कन्ट्रोल गर्नुपर्देन ? रातभर पनि भि’डभा’ड हुने कलङ्की जस्तो चोकमा प्रहरीसमेत देखिदैन। ट्राफिक लाइट समेत छैन। सरकारको लापरबाहीको कारण बसन्तको परिवार उजाडियो। घाइते निखिल कहिले ठिक हुनेहुन् भन्न सकिन्न। थाहा छैन यहि भिडमा हामी कहिले मि’चिने हौ ? कहिले सकिने हो ? अन्नपूर्ण पोष्टमा यो खबर छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्