राष्ट्रपतिले दिइन् पृथ्वीनारायण शाहलाई सम्मान, बाबुराम भट्टराईले यस्तो भने



काठमाडौ । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको सम्मान गरेको छ । मंगलवार पृथ्वी जयन्ती हो आज कतै पृथ्वी नारायण शाहको सम्मान त कतै विरोध गरिएको छ । सरकारले भने पृथ्वी नारायण शाहको सम्मानमा औपचारीक कार्यक्रम राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

यो पनि जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै नगर्न आग्रह गरेका छन् । मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा डा। भट्टराईले उनी इतिहासको आवश्यकता र आकस्मिकताको उपज भएको बताउँदै देवत्वकरण र दानवीकरण नगर्न आग्रह गरेका हुन् ।

‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं । उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन्,’ सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका छन्, ‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पककूजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो ।’

राष्ट्र निर्माताका रुपमा चिनिने शाहमाथि हल्का टिप्पणी गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राज्य एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका शाहबारे गलत व्याख्या नगर्न चेतावनी दिएका छन् । यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष वभिन्न कार्यक्रम हुँदै आएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्