पार्टीको कार्यक्रम वहिष्कार गरेका कमल थापा पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न एक्लै राष्ट्रपतिका पछि पछि



काठमाडौ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले मंंगलवार एक्लै गएर पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । उनले आफ्नो पार्टीले आयोजना गरेको पृथ्वी जयन्तीको कार्यक्रम भने विहिस्कार गरेका थिए । राप्रपाले ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ११ः ३० बजे राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेको थियो । तर राप्रपा पूर्व अध्यक्ष रहेका कमल थापा त्यहाँ गएनन् । उनले पार्टीको कार्यक्रम नै वहिष्कार गरे । तर पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्न भने छुटाएनन् ।

पार्टीको कार्यक्रम बहिस्कार गरेर एक्लै सिंहदरबारको पश्चिम गेटअगाडि रहको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गरेर फकिएका छन् । थापाले राष्ट्रपति विद्यादेवि भण्डारीले माल्यापर्ण गरेपछि तेस्रो नम्बरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गरेका हुन् । दोस्रो नम्बरमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले माल्यार्पण गरेका थिए ।

यो पनि प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना सन्देश दिएका छन् । सरकारले आजका दिन सार्वजनिक बिदा नदिए पनि सामाजिक सञ्जाल पृथ्वी जयन्तीका सन्देशले रंगिएका छन् ।

यस्तैमा एमाले नेता भीम रावलले पनि पृथ्वीनारायण शाहको सम्झनामा कविता कोरेका छन् । नेपाल एकीकरणका महान् नायक पृथ्वीनारायण शाहको ३००अ‍ौं जन्मजयन्तीका अवसरमा हार्दिक श्रद्धाञ्जली भन्दै सामाजिक सञ्जालमा रावलले पोष्ट गरेको कविताको हरफ यस्तो छ ।

पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ, एसियामाझ स्वाधीन देशको अस्तित्व जोगायौ,
युगयुग सम्म सन्तती यहाँ सम्झना गर्नेछन्, सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्नेछन्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्