ऋतिक रोशनकी पुर्व पत्नी सुजैनलाई भयो ओमिक्रोन, यस्तो छ लक्षण भन्दै दिइन् जानकारी



एजेन्सी । कोभिडले फेरी एक पटक विश्वभर टाउको उठाउन थालेको छ । भारतमा कोभिड उच्च विन्दुमा पुगेको छ भने नेपालमा पनि प्रत्यक दिन एक हजार भन्दा बढी संक्रमित थपिन थालेका छन् । भारतमा कोभिडको नयाँ संक्रमण ओमिक्रोनका पनि धेरै संक्रमित फेला परेका छन् । पछिल्ला दिनहरुमा भारतमा धेरै कलाकार संक्रमित भएका छन् ।

यी दिनहरूमा भारतीय कलाकार कोभिड संक्रमित भएपछि अहिले सतर्कता अपनाउन थालिएको छ । धेरै कलाकार आइसोलेसनमा बसेका छन् । कोभिड भएको भए पनि अहिले सम्म कसैलाई ओमिक्रोन भने देखिएको थिएन । तर अब यस्तो देखिन्छ कि ओमिक्रोन संस्करणले बलिउडमा प्रवेश गरेको छ । ऋतिक रोशनकी पुर्व पत्नी सुजैन खानलाई ओमिक्रोनपुष्टि भएको छ । उनले पोस्ट सेयर गरेर यसबारे जानकारी दिएका छन् ।

सुजैनले इन्स्टाग्राम पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोविड १९ लाई चकित पारेको दुई वर्षपछि तेस्रो वर्ष २०२२ मा, यो जिद्दी ओमिक्रोन भेरियन्टले अन्ततः मेरो प्रतिरक्षा प्रणालीमा आ क्र म ण गरेको छ। हिजो राति मेरो टेस्ट पोजेटिभ आयो। कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस्। यो धेरै संक्रामक छ। सुजैनको यो पोस्टमा उनका साथी र फ्यानले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ऋतिकलाई ‘महान बुवा’ भने

सुजैनले एक दिनअघि आफ्ना पूर्व पति ऋतिक रोशनको जन्मदिनमा विशेष जन्मदिनको सन्देश दिएकी थिइन् । सुजैनले आफ्ना छोराहरूसँग ऋतिकको एउटा सुन्दर भिडियो सेयर गर्दै अभिनेतालाई ‘बेस्ट ड्याड’ को प्रशंसा दिइन् । सुजैन र ऋतिक डिभोर्स पछि अलग भए पनि दुवै अझै मिल्ने साथी हुन् । लकडाउनका बेला सुजैन छोराको लागि ऋतिकसँग बसेकी थिइन् । प्राय सुजैनले ऋतिकको प्रशंसा गर्दै पोष्टहरु सार्वजनिक गर्ने गर्छिन ।

अर्सलान गोनीसँग अफेयरको चर्चा
यो खबरसँगै सुजैन र अर्सलान गोनीको प्रेमको पनि चर्चा चलिरहेको छ । अर्सलान गोनी टिभी अभिनेता अली गोनीका कजिन हुन्। दुबैको सामाजिक सञ्जाल पोष्टले एउटै कुरालाई औंल्याउँछ। यद्यपी दुबैले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा भने दिएका छैनन् । सुजैनको बुवाको जन्मदिनमा ऋतिक पनि पुगेका थिए । त्यहाँ ऋतिक र सुजैन भेट भएका थिए । सामाजिक सञ्जालमा उनीहरुका तस्बिर देख्न सकिन्छ । ऋतिकले सुजैनको वुवालाई जन्मदिनको शुभकामना दिएर संगै तस्बिर पनि लिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्