डिभोर्स गरिसकेको पूर्व पतिसंग फेरी माया बसेपछि……



म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया-प्रीति बस्यो।

उनीसँग शा रीरिक स म्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे। जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन।

माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ। अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु। केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन्। बेला/बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख/सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्।

एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौ नस म्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्