विमानस्थलमा कसैलाई स्वागत गर्न वा विदाई गर्न जाँदै हुनुहुन्छ ? त्यसो भए यो सूचना पढ्नुहोस्



काठमाडौ । काठमाडौ स्थित अन्तराष्ट्रिय विमानस्थलमा अब कसैको आफन्त आउँदै हुनुहुन्छ वा कसैलाई छोड्न जानुपर्नेछ भने त्यसको सुविधा अहिलेलाई बन्द गरिएको छ । कसैलाई लिन वा छोड्न जान पाइन छैन । कोभिड संक्रमण बढ्दै गएका कारण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गर्ने निर्णय गरेको छ । अब कसैलाई भेट्न जान पाइने छैन ।

यस्तै विमानस्थलमा स्वागत तथा बिदाईका लागि पनि नआउनसमेत नागरिक उड्यन प्राधिकरणले आग्रह गरेको छ । विज्ञप्ती जारी गर्दै त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले यस्तो निर्देशन दिएको हो । अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास अर्थात् भी पास उपलब्ध नगराइने उड्यन कार्यालयले जानकारी दिएको छ ।

यस्तै अति जरुरी बाहेक विमानस्थलमा स्वागत तथा बिदाइका लागि पनि नआउन कार्यालयले निर्देशन दिएको छ। भीडभाड नगर्न र अन्य यात्रुहरुलाई समेत पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

कोभिडको बढ्दो संक्रमण दरलाई मध्यनजर राख्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सार्वजनिक स्थानमा प्रवेशका लागि पनि अब अनिवार्य खोप कार्डको ब्यवस्था गरेको छ । खोप कार्ड विना अब सार्वजनिक स्थलमा प्रवेश पाइने छैन । त्यस्तै आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेसँगै सीसीएमसीले अनिवार्य गरेको हो ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाउनुपर्ने पनि सीसीएमसीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्