माधव नेपाल सहित पार्टीका यि नेता पनि कोभिड संक्रमित, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । कोभिडको लक्षण देखिएपछि परीक्षण गराउँदा उनीमा संक्रमण पुष्टि भएको हो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नेपाल होम आइसोलेसनमै छन् । समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मंगलबार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो।

त्यसैगरी उक्त पार्टीका उपमहासचिव डा। विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना भएको छ।

माओवादीको काठमाडौंमा भएको आठौं महाधिवेशनमा सहभागी सयभन्दा बढीलाई हालसम्म कोरोना पुष्टि भइसकेको छ । प्रचण्डलाई बालुवाटारमा भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि हाल आइसोलेसनमा छन्। यद्धपी उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

यो पनि एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो । तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए । अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।

सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमालेको प्रदेश अधिवेशनलाई परेको छ । त्यसैगरी, एमालेले जिल्ला अधिवेशन आयोजना हुन नसकेका जिल्लामा माघ २२ गतेभित्रमा अधिवेशन गरिसक्न भनेको छ ।

देशमा कोरोनाका संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढीलाई एकैठाउँमा जम्मा नहुन आग्रह गरेको छ। एमालेले पुस २३ गते ६३ जिल्लाको अधिवेशनको एकैपटक उद्घाटन गरेको थियो। अधिवेशनको उद्घाटन भएका केही जिल्लामा अझै निर्वाचन प्रक्रिया भइरहेको छ। ‘यही माघ ८ गतेका लागि तोकिएका नेकपा (एमाले) का प्रदेश अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको छ,’ रिजालले भनेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्