आफ्नै जन्मदिनमा के भयो ऋतिक रोशनलाई ? यस्तो अवस्थामा देखिए



एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋतिक रोशनले सोमवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछन् । ऋतिकलाई फ्यानसहित धेरै फिल्मी कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । ऋतिकले आफ्नो ४८ औं जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार दिएका छन् ।

वास्तवमा ऋतिक रोशनले आफ्नो जन्मदिनमा आफ्नो बहुचर्चित आगामी फिल्म विक्रम वेधासँग सम्बन्धित आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन्, जसमा उनको अवतार एकदमै फरक देखिन्छ । ऋतिक रोशनले आधिकारिक इन्स्टाग्राममा फिल्म विक्रम वेधाको पहिलो लुक शेयर गरेका छन् । ऋतिक रोशन सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।


उनले शेयर गरेको तस्वीरका अनुसार फिल्म विक्रम वेधामा ऋतिक रोशनको पात्रको नाम वेधा हो । तस्वीरमा उनी नीलो प्रिन्टेड कुर्तामा देखिएका छन् । र ग तले लत्पतिएको अनुहारमा ऋतिक रोशनको ग्रे शेड लुक देखिएको छ । तस्वीरमा उनले चश्मा पनि लगाएका छन् । फिल्म विक्रम वेदसँग जोडिएको ऋतिक रोशनको यो लुक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

फिल्म विक्रम वेधा आईआर माधवन र विजय सेतुपतिको २०१७ को तमिल फिल्मको हिन्दी रिमेक हो। यो हिन्दी रिमेक फिल्म पुष्कर र गायत्रीको निर्देशनमा बनिरहेको छ । फिल्ममा ऋतिक रोशनका अलावा अभिनेता सैफ अली खान पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म विक्रम बेतालको ऐतिहासिक कथामा आधारित छ, जसमा एक गु ण्डा प्रहरीबाट जहिले पनि कथा सुनाएर भा ग्ने गर्छ । फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा देखिनेछन् भने सैफ अली खान मुख्य खलनायकको भूमिकामा देखिनेछन् । यो फिल्म यसै वर्षको सेप्टेम्बरमा रिलिज हुन सक्छ । यो चलचित्रको छायांकन गत वर्ष मात्रै शुरू भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्