रेलसँग विमान ठोक्कियो


banner

क्यालिफोर्नियाः अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा रेलसँग विमान ठो’क्किएको छ। विमानस्थलनजिकै रहेको रेल ट्रयाकमा गुडिरहेको रेलसँग विमान ठोक्किएको हो। ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनुअघि इन्जिन फेल हुँदा रेलसँग ठोक्किएको लस एन्जलस प्रहरीले जनाएको छ।

सो दुर्घटनापछि विमान चालक र अन्य अधिकारीहरुको जिवितै उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन्। त्यहाँको फिडरल एभियसनका अनुसार दुर्घटनाग्रस्त विमानसँग एउटामात्र इन्जिन थियो। सो इन्जिनले काम नगर्दा विपरित दिशाबाट आइरहेको रेलसँग विमान ठोक्किएको हो।

यस्तै इजिप्टमा राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन्।
दुर्घटना साँझ गिजा प्रान्तको मोनशात अल-कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा यात्रा गरेको बुझिएको छ ।

दुर्घटना हुँदा ट्रक चालकले लाइसेन्स बिनाको डुङ्गामा गाडीलाई नदीको विपरीत किनारमा लैजान खोजेका थिए । उद्धारकर्मीहरूले १४ यात्रुहरूलाई बचाएका छन् भने अन्य हराइरहेकाहरूको खोजी गरिरहेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘लाइसेन्स नभएको डुंगाका चालक र तीन जना कामदारलाई पक्राउ गरिएको छ र डुङ्गा मालिकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्