आफ्नै भाइलाई हराएर नेकपा एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर



जाजरकोट, २७ पुस-नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए ।

यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् । यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।

उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्