काठमाडौं उपत्यकामा देखियो यस्तो सङ्केत, अब ‘भगवान भरोसा’



काठमाडौं- हामी फेरि कोरोना संक्रमणसँग ल’ड्नुपर्ने स्थितिमा छौं। विज्ञहरूकै भाषामा भन्दा नयाँ भेरियन्ट ओमिक्रोन ‘बिजुली गतिमा’ फैलिरहेको छ। बेलैमा तयारी गर्न चुक्यौं भने अर्को क्षति बेहोर्नुपर्ने स्थिति आउनसक्छ।

दुई वर्षअघि पहिलो लहर हामीले भगवान भरोसामै पार लगायौं। त्यसबाट पाठ नसिक्दा दोस्रो लहरमा ठूलो क्षति बेहोर्नुपर्‍यो। अघिल्ला लहरहरूमा सरकारले कन्ट्याक्ट ट्रेसिङको महत्व बुझेर पनि चुस्त बनाउन सकेन। ओमिक्रोन भेरियन्ट पहिलेभन्दा छिटो फैलिने हुँदा कन्ट्याक्ट ट्रेसिङमा अलमल हुनासाथ यसले पक्रिने बिजुली गति भेट्न मुश्किल पर्छ।

यो जान्दाजान्दै सरकारले यसपालि पनि कन्ट्याक्ट ट्रेसिङमा जाँगर चलाएको छैन। यो काम व्यापक बनाउनासाथ परीक्षण संख्यामा ठूलो वृद्धि भइहाल्छ। अहिले दैनिक १२ हजार हारहारी मात्र परीक्षण हुँदै आएको छ। जबकि दैनिक ५० हजारभन्दा बढी परीक्षण गर्ने क्षमता सरकारसँग छ।

परीक्षण गरिएकाहरूमध्ये अधिकांश आफै शंका लागेर वा विदेश जानुपर्ने भएकाले परीक्षण गर्न गएका हुन्। सरकारले आफै खोजेर परीक्षण गरेको छैन। संक्रमण समुदायमा फैलिरहेकाले तेस्रो लहर नियन्त्रण गर्ने हो भने यो जरूरी छ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुस १७ र १८ मा कोरोना संक्रमित भई भर्ना हुनेको संख्या शून्यमा झरेको थियो । तर केही दिनयता संक्रमितको भर्ना दर ह्वातै बढेको छ । अस्पतालको तथ्यांकअनुसार आइतबार (२५ पुस) १३ जना संक्रमित भर्ना भएका छन् । हाल अस्पतालमा २६ जना संक्रमित उपचाररत छन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमित भएर उपचारका लागि आएका धेरै जनाको संक्रमणको स्रोत पहिचान हुन सकेको छैन । साथै लक्षण पनि विगतमा संक्रमण हुनेलाई भन्दा केही फरक पाइएको छ । दोस्रो लहर (डेल्टा) ले अधिकांश मानिसमा स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको थियो । अहिले संक्रमितहरुमा गन्ध तथा स्वाद नआउने समस्या नदेखिएको अस्पतालका एक डाक्टरले बताए ।

तर बढी बिरामीमा रुघाखोकी र ज्वरोका साथै घाँटी समातेको समस्या पाइएको छ । ‘भाइरसले श्वासनलीमा रहेको र्‍याललाई सुख्खा बनाउँछ, जसले गर्दा घाँटी खसखसाउने हुन्छ । तर अन्तिमसम्म फोक्सोलाई खराब बनाउँछ,’ उनी भन्छन् । हाल अस्पताल भर्ना भएका संक्रमितमध्ये झण्डै ५० प्रतिशत खोप लगाएकाहरु नै छन् ।

पछिल्लो २४ घण्टामा २,४४४ जनाम भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन्। हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्या’न गु’मा’इसकेका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्