यी युबक जसले गरे पत्याउनै नसकिने काम ! प्रहरीले शरीरमा खानतलासी गर्दा ……



८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँबराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औंठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ । पक्राउ परेका खातीलाई आवश्यक कारवाहीको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्