यिनै हुन् आज बिहान कलेज जादै गर्दा सडक दुर्घटनामा परि ज्यान गुमाएका निश्चल बानियाँ



विराटनगर, २८ पुस-मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठ’क्क’रबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो ।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठ’क्क’र दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठ’क्क’र दि’ने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ ।

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्